अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

युवासँग उद्यमशिलता विषयमा अन्तरक्रिया

तुलसीपुर, ३० साउन । २५औ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज युवासँग उधमशिलताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर स्तरीय युवा सञ्जाल र तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा नगर युवा सञ्जालका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षतामा भएको थियो ।  तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको विशिष्ट आतिथीमा कार्यक्रम सम्पन्न भएको हो ।

“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रबिधिमा युवा पहुँच अभिवृद्धि” भन्ने नारासहित युवा उद्यामशिलता विषयमा भएको अन्तरक्रियामा तुलसी सामाजिक विकास केन्द्र, लायन्स क्लव अफ दाङ क्यापिटल, सक्सेस एजुकेसन कन्सलटेन्सी र तुलसीपुर उपमहानगरपालिकाको सहकार्य रहेको थियो ।

नगर स्तरिय युवा सञ्जालकी सदस्य प्रकृति पुनको स्वागत मन्तव्य राख्दै युवा एक विकासको नयाँ धारण ल्याउने पक्ष हो । आफ्नो अमुल्य समयलाई उचित व्यवस्थापन गर्ने, निश्चित लक्ष्य लिने, आफुले स्वत्रन्त रुपमा निर्णय लिने,आफ्नो पेसालाई निरन्तरता दिने, सधै सकारात्मक सोच लिएर अगाडि बढ्ने बताउनु भएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम न्यौपाने, तुलसी सामाजिकविकासकेन्द्र, सक्सेस एजुकेसन कन्सलटेन्सी, भिम प्रकाश वली लगायतका व्यक्तिहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अथिति एवम् उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्यमशिलतालाई बढि फोकस गर्दै हाल नेपालमा एउटा अर्थतन्त्र बलियो पार्ने काम गर्न र तुलसीपुरमा ३ हजार ७०० व्यवसायीहरु रहेको बताउनुभयो । साथै तुलसीपुरमा विभिन्न प्रकारका उद्योग सम्बन्धी कार्य गर्न, व्यवसाय नवीकरण गर्ने जस्ता कार्यमा सहजीकरण गर्न उद्योग वाणिज्य संघले मद्दत गर्दछ । त्यस्तै अध्यक्ष केसीले तीन बर्षको लक्ष्यमा सुन्दर तुलसीपुर समृद्ध तुलसीपुर, उद्यमशिलता शाला खोल्ने प्रतिबद्दता दिनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष ओद बहादुर भण्डारीले व्यक्तिले आफैलाई बिश्वास गर्न सके मात्र हरेक क्षेत्रमा सफल र सहज तरिकाले काम गर्ने सक्ने र सफल हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण युवा सञ्जालकी सचिव प्रेरणा परियारले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *