अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

साउन २९, तुलसीपुर
दाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।

तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ दाङ, रोटरी क्लब अफ तुलसीपुर सिटी र लायन्स क्लब अफ दाङ क्यापिटलले सहकार्य गर्दै २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ विभिन्न सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउन लागेका हुन ।

हरेक बर्ष अगस्ट १२ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस बर्ष पनि “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development” भन्ने नारा सहित विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउन लागिएको हो । हाम्रो देश नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवाहरु रहेकोमा सरोकारवाला निकायले युवाहरुलाइ स्वदेश मै केहि गर्न उत्प्रेरित गरोस र युवाहरु देश मै केहि गर्न उत्प्रेरित हुन् भन्ने मुल उद्देश्यका साथ यस्ता कार्यक्रमहरु आयोजना गरिएको तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीले बताउनुभयो ।
हिँजो साउन २८ अर्थात ब्गनगकत ज्ञद्द गते तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा आयोजना गरिएको लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध र मानव मुल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेसँगै सप्ताहव्यापी कार्यक्रमहरुको उद्घाटन गरिएको छ ।

यससँगै साउन ३० गते युवासंग उद्यमशिलताको बिषयमा अन्तरक्रिया कार्यक्रम , साउन ३१ गते युवा तथा शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम र साउन ३२ गते तुलसीपुर २ स्थित मा.वि बालापुरमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा जुत्ता मोजा वितरण कार्यक्रम गर्दै यस बर्षको २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
युवाहरुले सामाजिक क्षेत्रमा रहेर यस्ता कार्यक्रमहरु गर्दै गर्दा अन्य युवा साथीहरुमा पनि राष्ट्रप्रतिको सकारात्मक सोँच उत्पन्न गराइ देश विकासमा हातेमालो गर्ने आशा सहित आफु निरन्तर यस्ता सामाजिक क्षेत्रमा रहेर काम गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै लागु पदार्थ दुव्र्यसनी तथा साइबर अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको रुपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भरतनाथ योगीले कानुनी परामर्श दिनुभएको थियो भने मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण गर्दै प्रशिक्षक रबिन्द्र बस्नेतले युवाहरुलाइ सहि मार्गमा हिँड्न उत्प्रेरित गर्नुभएको थियो ।
लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध तथा मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख टिकाराम खड्काले ३० ३५ बर्ष पहिले नेपालले जापानलाइ प्रशस्त मात्रामा धान बिक्रि गर्ने गरेकोमा अहिले युवाहरुले काम गर्न चाँहि जाँगर नगर्ने तर बिदेशी जीवनशैलीको मोह बढ्दै गर्दा युवाहरु बिदेशिने लर्काे बढ्दै गरेको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न सामुुदायिक तथा संस्थागत बिद्यालय बाट गरी जम्मा ७५ जना बिद्यार्थीहरुलाइ अभिमुखिकरण गरिएको थियो ।

नगर स्तरिय युवा सन्जाल तथा तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारी (गणेश) को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर स्तरीय युवा सन्जाल कि सचिव प्रेरणा परियारले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *