अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दिव्य कुञ्ज एकेडेमीमा नागरिकता शिक्षा कार्यक्रम सम्पन्न

साउन २४, दाङ ।

तुलसीपुर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार आज विद्यालयले पाठ्यपुस्तकमा भएको एउटा विषय” नागरिकता शिक्षा “विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षता भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत जनक भण्डारी र नायब सुब्बा केशव राज अधिकारीले विद्यार्थीहरूलाई नागरिकताको उपयोगिता र महत्त्व विषयमा बुझाउनु भएको थियोे । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।

 

कार्यक्रममा विद्यार्थीहरुले नागरिकता सम्बन्धि विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि अधिकृत भण्डारीले विद्यालयहरुमा यस्ता चेतनामूलक कार्यक्रम नियमित हुन आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रममा स्वागत विद्यालयका सल्लाहकार एवम् शिक्षक डा . प्रेम योगिले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *