जिउँदो लाइ अपमान गरि
निर्जिव मुर्ति ढोगेर के पाउँछन् खै?
लुट धन्दाका नाइकेहरु
जहाँ जिउनेको कदर छैन
त्यहाँ पापको प्रायश्चित गर्न आएको
आफ्नो आमाको सम्भोग गरेको
कुरुप ढुङ्गाको पुजा गरिन्छ
त्यहिँ कतै हराउँछ मानवता
त्यतै कतै त्यागिन्छ नैतिकता
मौका छोपी आफ्नै छोरीको घाँघर च्यात्न
पछि नपर्ने
रक्त पिपासुहरु
जिउँदा भगवानको कदर नगर्ने
नालायक हरु
नरिवल र बेलपत्र को
किन सत्यानाश पार्छन कुन्नि ?
खोक्रो आदर्श
अन्धविश्वास को अन्धभक्त भएर
धर्मको नाममा
पैसा
देवताको नाममा
यैस
कमाउन पल्केका हरु
मागेरै जिवन चलाउनेहरु कयौँ
भेटिन्छन्
प्रवेशद्वार देखि नै लाइन लागेको त्यो
अपाङ्ग, अशक्त र असहायहरुलाई
नजरअन्दाज गर्दै
पन्छ्याउदै र घृणित व्यवहार गर्दै
एउटा केरा लिएर बाँदर लाई दिएको
स्वाङ पारेर फोटो खिच्ने बेरोजगार हरु त्यतै हुन्छन्
धर्मको ध नजान्ने तर
पाखुरा त हल्लाउँदै नहल्लाउने
मुख चलाउने
र सामाजिक सञ्जालमा
बेवकुफहरु लाई पुशपतिको दर्शन
गराएर
ट्यापट्याप ट्यापट्याप भन्दै
भ्युज माग्ने मगन्ते हरु त्यतै हुन्छन्
मनमा दया र माया त के
थोरै नैतिकता पनि छैन जस्को
धनले उन्माद भएर
चार वित्ता अग्लो चप्पल लाएर
देश लुटेको पाप पर्यश्चित गर्न
कालो कोटले सेतो जिउ,
सेतो जिउले कालो मन छोपेर
निधारमा महङ्गो टिका लाएर
फोटो खिच्न कै लागि भएपनि मन्दिर आउने
सेवाको नाममा देश लुटेर कमाउने हरु त्यतै भेटिन्छन्
पुजा सामाग्री बेच्ने देखि इमान बेच्ने सम्म
न्याय बेच्ने देखि प्रमाण बेच्ने सम्म
चिया बेच्ने देखि चुरोट बेच्ने सम्म
सत्ता किन्ने देखि कोट बेच्ने सम्म
माला बेच्ने देखि गाला बेच्ने सम्म
ताला किन्ने देखि रङ्गशाला बेच्ने सम्म
श्रम बेच्ने देखि भ्रम बेच्ने सम्म
सबै भेटिन्छन् त्यहाँ
अबिर र नरिवल चढाएकै भरमा
झगडा र कलह छ भन्दै घरमा
भगवान सँग गुनासो पोख्ने हरु
कति मन्दिर धाए र कति पुजा गरे भनि जोख्ने हरु
सबै थरिका, नयाँ नयाँ तरिका सबै भेटिन्छन् त्यहाँ
शंख फुकेर शान्ति छाउने भए
म मेरो देशको मतिभ्रष्ट भएका सबैको
अवैध र अनैतिक क्रियाकलाप
शान्त होस्
सुदुरपश्चिमका वस्तिहरुमा राजनितिक दल होइन
रोग मेट्ने सिटामोल र भोक मेट्ने चामल पुगोस्
नव युवामा देश प्रेमको चेतना पुगोस्
अनिदा रातहरुमा सपना पुगोस्
पढ्नेको हातमा अध्याय पुगोस्
पिडित वर्गमा न्याय पुगोस्
यस्तै यस्तै कामना गर्दै
अनगिन्ती शंख फुक्ने थिएँ
अनगिन्ती मुर्तिमा झुक्ने थिएँ
तर केही पुग्दैन यो सतित्व हराएको देशमा
न दुःखीको झर्को,न विदेशिनेको लर्को
त्यसैले म एक नास्तिक मन लिएर
जलिरहेको चिता हेर्न
जिवन र मृत्यु बिचको भ्रमलाई केर्न
त्यहिँ देखावटी हुल सँग
एका बिहानै पशुपतिमा
म पनि डुल्छु
त्यहिँ देखावटी हुल सँग
एका बिहानै पशुपतिमा
जयन्ता खत्री ” सुधा “
जाजरकोट