अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

जन्मदिनमा अभिभावक बिहिन असहाय मानिसहरुको साथमा : केबी

दाङ, २२ साउन । नयाँ संस्कारको स्थापित गर्न आफ्नो जन्म दिनको सुअबसर पारेर मानबसेवा आश्रम तुलसीपुरमा रहेका अबिभाबक बिहिन,असहाय नागरिकलाई बिहानको खाजा भोजन गराएर अनुकरणीय कार्य गरेको छन् ।

पछिल्लो समय हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउदै आएका केबीले आफ्नो जन्म दिनको दिन मानव सेवा आश्रममा रहेका ६० जना अभिभावक बिहिन असायक नागरिकलाई आफ्नो केहि खर्च कटाई बिहानको खाजा खुवाएका हुन् ।

शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचीव तिलक सिले पुँजी पति संस्कार संस्कृति अनुसार ठूला ठूला होटल , महल , रेस्टुरेन्टमा नमनाइँ मानव सेवा आश्रममा आफ्नो जन्मदिन मनाउनुले समाजमा सकारात्मक संदेश छर्न सफल भएको बताएका हुन । सानै उमेरमा क्रान्तिकारी बिचारका साथ सधै परिवर्तनको पछ्यमा उभिदै हरेक क्षेत्रमा आफ्नो विवेक प्रयोग गर्दै आइरहेको र भोलिका दिन हरुमा पनि अझ सशक्त रूपमा समाज र देशका लागी आफ्नो क्षमतामा विकास गर्दै जानुपर्ने भन्दै शुभकामना व्यक्त गरेका हुन ।

यस्तै उनले असायक नागरिकहरुलाई एउटै छाना मुनि राखी अभिभावकको ठुलो भुमरीमा निर्वाह गरेको भन्दै मान सेवा आश्रम परिवारलाई पनि धन्यवाद व्यक्त समेत गरेका थिए ।

लायन्स क्लब अफ क्यापिटल दाङका निवर्तमान अध्यक्ष दिपक केसीले सानै उमेरमा समाजलाई बुझन सक्ने हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल एक युवाले आफ्नो खर्च कटाई ठूला ठूला महलमा नगई मानव सेवा आश्रममा सहयोग गर्नु अथवा आफ्नो जन्मदिन मनाउनुले समाजमा सँगसँगै युवा वर्गमा सकारात्मक सन्देश छर्न सफल भएको भन्दै भोलिका दिनहरूमा पनि यस्ता कार्य निरन्तर गरिरहने साहस मिलिरहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

यस्तै संचारकर्मी एच.आर मगरले सहयोगी भावना भएको अझ त सामाजिक कार्यमा अग्रसर युवाले आज आफ्नो केहि खर्च कटाई अभिभावक बिहिन असायक नागरिकको एक छाकको सहारा बन्नु पनि हजारौं वर्ष तपस्या गरेको भन्दा महान कार्य भएको बताएका थिए । यस्तै उनले जुन समयमा पनि जहाँनिर नागरिकलाई आवश्यक पर्छ त्यहाँनिर आफ्नो निस्वार्थ भावनाका साथ खुल्ला दिलले गर्ने त्यो मानवीय सहयोग भोलिका दिनमा अझ सशक्त रुपमा चलिरहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *