अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

७ दिने बाल उद्घोषण तालिम सम्पन्न

काठमाडौ ।  बालमैत्री नेपाल र बाल समता नेपालको संयुक्त आयोजनामा मंगलबारबाट ७ दिने बाल उद्घोषण तालिम समापन भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि बालबालिकाहरुको सहभागिता अभिवृत्ति गर्नका लागि तालिम आयोजना गरिएको बालमैत्री नेपालले जनाएको छ ।

७ दिने बाल उद्घोषण तालिमको समापन समारोह बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलको अध्यक्षातामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय बाल अधिकार परिषद्का  उपाध्यक्ष  बम वहादुर बानियाँ रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियन्का महासचिव तथा राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तम पौडेल रहनुभएको थियो ।

कार्यक्रममा  तालिमका प्रशिक्षार्थी जयन्ता खत्रीले यो कार्यक्रमले गर्दा आफूमा अझ बाल अभियान्ताका रुपमा आउनका लागि सहयोग पुगेको भन्नू भयो । यो कार्यक्रम भर्चुअलको माध्यमबाट पनि धेरै कुरा सिक्न सकेको जानकारी दिनु भयो । कार्यक्रमको प्रशिक्षक देवेन्द्र लुइँटेलले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण बाल समता नेपालको उपाध्यक्ष पवित्रा विश्वकर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *