मरुभूमिको उराठ लाग्दो जिन्दगी
हरियाली भई सधै तिमी नै आइदेऊ |
माया नपाई भौतारिएका जीवनलाई
युगौँयुग नछुटिने कसम खाइदेऊ ।।
खोला भनी सोचेको जिन्दगी
तर बगर पो रहेछ ।
माया भनी सम्झेको जिन्दगी
तर कठोर पो रहेछ ।।
हाँसो ठट्टा सम्झेको जिन्दगी
तर आँसु बनी बग्दो रहेछ ।
खुसी अनि मिलन ठान्दो जिन्दगी
तर बेदना र बिछोड पो रहेछ ।।
सुसन के.सी
बनेपा-६, बुडोल, काभ्रे