सुनौ है सबै ध्यान दिएर कामकाज अहिले सबै भुलेर।
भन्दै छु म कबिता लैङ्िगक समानता अनि अधिकार शीर्षक लिएर।
झन्दै आधा नेपाल ढाकेको सङ्ख्या बालबालिकाको।
खै त ती मासुमहरुलाइ उचित अधिकार दिलाइएको ।
एउटा किशोरी हिडेपछी बाटोभरी डर।
फर्कने पो हो कि हैन उनी फरि घर।
ईन्टरनेट हेर्न थाल्यो लाग्छ समाज धिक्कार।
नौ महिनाकि बालिका नि भइन अरे बलात्कार ।
महिला मेरि आमा हुन कुरा गछाै यस्तो
महिलालाई नै हेर्ने तिम्रो कुदृस्टी कस्तो?
छोरी भन्ने साइनो लगाइ छेउमा बस्न आउछन।
ब्वाँसो झै मौका छोप्छन जहाँ जसो पाउछन् ।
चेली पनि मूर्ख बन्छिन ईन्टरनेटको भरमा
राक्षसलाइ भेट्न् जान्छिन थाहै नदिइ घरमा।
ईन्टरनेट र अखबारमा ठुलो ठुलो कुरा।
बलात्कार पछी गर्छन पेटमा रोपि छुरा।
फेसबुक र ईन्टरनेटमा नखोकिदेउ साथि। सक्छौ भने आवाज उठाउ लैङ्िगक हिम्सा माथि ।।।
सुष्मा थापा
गण्डकी , पोखरा