
साउन १८ काठमाडौ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु हुने बताए । यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने बताए ।