अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

बिषालु सर्पले डसेकी बालिकाको राप्ती प्रादेशिक अस्पतालमा सफल उपचार

दाङ, ८ साउन । 

सल्यान बागचौर नगरपालिका ८ कोटमौला घरभई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ कौवापुर बस्दै आएकी एक बालिकालाई मंगलबार बिहान सर्पले टोक्यो । ओछ्यानमा सुतिरहेको अबस्थामा ३ बर्षीया बालिका सिर्जना चन्दलाई सर्पले टोकेपछि उनीहरुले नजिककै धामी भएको ठाउँमा लगे ।

धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याए । आमा लक्ष्मी चन्दसंगै सुतिरहेको अबस्थामा सर्पले टोक्दा गम्भीर भएको अबस्थामा अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डाक्टर रोशन गुप्ताका अनुसार साढे ५ बजेतिर बिरामीलाई अस्पाल ल्याईएको थियो ।

त्यो बेला अक्सिजनको स्तर पनि ४० प्रतिशत भन्दा कम भइसकेको थियो ।“अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर, ति बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”,उनले भने“ बच्चाले सास पनि फेरिरहेको थिएन, बच्चालाई बचाउन सकिन्छ, की सकिदैन भन्ने नै थियो । बिरामीले सास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो ।

अक्सिजन दिदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी पनि होसमा आईन र सास पनि सहजै फेर्न सकिन । अहिले उनको अवस्था सामान्य रहेको डा. गुप्ताले बताए ।“सुतेको अबस्थामा बिहान ३ बजेतिर सर्पले टोकेको देखिन्छ, साढे ५ बजेपछि मात्रै अस्पताल ल्याउदा निकै ढिला भइसकेको थियो”,उनले भने “तर, समयमै ल्याएपछि बिषालु सर्पले टोकेका बिरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोब्रा सर्पले टोकेको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भएपनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको गतिलो उदाहरण बनेको उनको भनाई छ ।“यो अरु जस्तो केस थिएन, निकै असहज अबस्थामा पनि बिरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”,उनले भने“सर्पले टोकेका बिरामीहरु पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारकालागि आएका सर्पले टोकेका बिरामीहरुको सहज उपचार गरेर पठाएको अस्पतालका आपतकालिन शाखा प्रमुख धनबहादुर केसीले बताए ।

चालु बर्षको साउनको अहिलेसम्म मात्रै दुई जना विषालु सर्पले टोकेका विरामीहरु आएको उनले बताए । ति दुबैजनाको उपचार सफल भएको केसीले बताए । त्यस्तै गएको आर्थिक बर्ष २०८०÷०८१ मा १७ जना विषालु सर्पले टोकेका विरामीहरु आएका थिए । ति मध्ये ६ जनाको बाहिर रेफर गरिएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *