अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो ।

दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।

यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ ।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए।

त्यसअघि सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा करिब दुई दर्जन भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको जनाइएको थियो । त्यसअघि भुटान नजिकैको विवादित सीमा क्षेत्र दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण युद्ध भएको थियो ।

उक्त युद्धपछि दुई देशका सैनिकले एकले अर्काविरुद्ध हतियार नचलाऔने सहमति भए बमोजिम युद्ध भने भएको छैन । हतियारबन्द युद्ध नभए पनि दुई देशबीच तनाव भने निरन्तर दोहोरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *