
तुलसीपुर / साउन,०४

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित न्यु स्टार बोर्डिङ स्कुलका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम गरी लागुऔषध दुर्व्यसनी बारे सचेत बनाइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालमैत्री नेपाल र युवा अभियानको संयुक्त आयोजना तथा नगर स्तरिय युवा सन्जाल र सहायता केन्द्र को सहकार्य मा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनी बारे सचेत बनाइएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता र बालमैत्री नेपाल का केन्द्रीय महासचिव शुभम देवकोटा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
२०७५ साल देखि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सन्चालन गरी यस्ता सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । लागुऔषध दुर्व्यसनी अन्त्य गरी समुदायमा शान्ती सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम गर्दै बिद्यार्थीहरूलाई सचेत बनाएको हो ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष तथा कार्यक्रम का प्रमुख अतिथि माधव वलीले बालबालिकाहरु लागुऔषध दुर्व्यसनीमा पर्नुको मुख्य कारण मध्ये बालबालिकाको परिवारमा कसैले लागुऔषध सेवन गर्नु पनि भएकाले बालबालिकाहरुलाई लागुऔषध दुर्व्यसनी बाट बचाउन परिवारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनी बारे ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक भरतनाथ योगी ले कानुनी ज्ञान सिकाउनु भएको थियो ।
