
तुलसीपुर । सम्पूर्ण व्यवसायीहरूलाई सदस्यता लिनुहुन नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आग्रह गरेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर के सी ले एक सूचना जारी गर्दै सम्पूर्ण तुलसीपुरमा उद्योग ब्यवसाय गरिरहुनु भएका व्यवसायीहरूलाई सदस्यता लिन अनुरोध गर्नुभएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालमा स्वदेशी वस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायीहरुको साझा छाता संस्था रहेको र उद्योगी तथा ब्यवसायीहरुमा रहेका विविध खाले समस्याहरुको सामुहिक सामाधान गर्न यस उद्योगी तथा ब्यवसायीहरुको साझा संस्थामा एकताबद्ध हुदैं सम्पूर्ण महिला उद्यमी समुहहरु, घरेलु, साना तथा मझौला उद्योेगहरु, होटेल, पर्यटन तथा सेवामूलक ब्यवसायीहरु, सहकारी संस्थाहरु, उर्जा उद्योगहरु, कृषि तथा पशुपालन ब्यवसायीहरु सवैसबैला यस महासंघको सदस्यता लिनुभई सामाजिक उत्तरदायीत्वको भुमिका निर्वाह गर्नुहुन नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसिपुरले अनुरोध गरेको छ ।

यो संस्था २०४७ सालमा स्थापना भई सक्रिय रहदै आएको छ । देश स्थानीय तह संरचनामा गए पश्चात् शाखा विस्तारको क्रममा तुलसीपुर उपमहानगरपालिका भित्र नगर स्तरिय शाखा गठन भई विगत २ बर्ष देखि उद्योगी तथा ब्यवसायीहरुका साझा सवालमा सक्रिय रहदै आएको छ । यसै सिलसिलामा तुल्सीपुर उपमहानगरपालिका र अन्य उद्यमशिलता सम्बन्धि कार्य गर्ने संघ संस्थाहरुलाई एकताबद्द तथा समन्वय गरि तुलसीपुर ब्यवसाय सम्बर्द्धन केन्द्र र नवउद्यमशाला सहायता कार्यक्रम, ब्यवसायमा आउने नविनतम चुनौती र सामाधनाको पहलकदमी कार्यक्रम लगायत विविध ब्यवसायिक हितका कार्य गर्दै आईरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसिपुरका महासचिव भद्र बहादुर ओलीले जानकारी दिनुभयो ।