अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल

दाङको तुलसीपुरस्थित जानज्योति मावि देशकै उत्कृष्ट ७ मा परेको छ । मुलुकभरबाट छनोट गरिएका ८ हजार भन्दा धेरै मावि मध्ये ज्ञानज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट ७ मा परेको हो ।

छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ।

जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची तयार पारिएको हो । जसमा ज्ञानज्योतिले ७ औं स्थान हासिल गर्न सफल भएको छ । यो नतिजा एजुकेसन समाचार काठमाडौंले तयार पारेको हो ।

दाङको तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कुल । लुम्बिनी प्रदेशमा निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञानज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताउनुभयो ।

‘बिद्यार्थीहरुलाइ क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्नु ठूलो कुरा हो, त्यसले नै सफलता र अब्बलता निर्धारण गर्छ । त्यो गुण ज्ञानज्योतिको टिमसँग छ । साथैै गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुलक शिक्षामा जोड दिएका कारण पनि ज्ञानज्योति सफलता हासिल गर्न योग्य ठहरिन्छ ।’

अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री वातावरण, सुविधा सम्पन्न यातायातको व्यवस्था, आधुनिक ल्याब तथा लाइब्रेरी विद्यालयका थप विशेषता हुन् । यी विविध कारणले पनि अब्बलता हासिल गर्न सफल भएको उहाले बताउनुभयो । – ‘अतिरिक्त क्रियाकलापमा पनि कलेजको उत्तिकै प्रभाव छ । कलेजले नगर, जिल्लाका साथै विभिन्न क्षेत्रस्तरीय खेलकुुद प्रतियोगितामा उत्कृट स्थान हासिल गरिरहेको र अहिले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।’ज्ञान ज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षामन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । यो मावि गुणस्तरीय र आत्मनिर्भर शिक्षा प्रदान गर्ने तथा पढ्ने इच्छा तथा क्षमता भएका कुनै पनि विद्यार्थी आर्थिक अभावको कारणले पढाइबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्यसहित २०६५ सालमा स्थापना भएको प्रधानाध्यापक जि सी ले बताउनुभयो ।

विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो सहायक प्रधानाध्यापक मनोज कुमार के सी ले बताउनुभयो । उहाका अनुसार त्यस्को १ बर्ष पछि १ दशकै उत्कृष्ट १० औ मावि. मा छनोट भएकोथियो भनेअहिले उत्कृष्ट ७ औ स्थान हासिल गर्न सफल भएको छ ।विभिन्न संघ संस्थाबाट पनि विभिन्न समयमा सम्मानित हुँदै आएको छ । यो सिङ्गो ज्ञानज्योति परिवारको लागि गर्वको कुरा हो । ज्ञान ज्योतिको यो सफतामा योगदान दिनुहुने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु, विद्यार्थी, अभिभावकहरु, कर्मचारीहरु र सम्पुर्ण शुभचिन्तकहरु प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दै भबिष्यमा पनि सहयोगको अपेक्षा गरेको सहायक प्रधानाध्यापक मनोजकुमार के सी को भनाइ छ ।

यस विद्यालयले हालसम्म थुप्रै दलित, जनजाति, विपन्नवर्ग जेहन्दार तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको र विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै आएको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताए ।

कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८१ लाई उत्साहपूर्ण बनाउने तथा स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *