अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण

तुलसिपुर । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्धारा सर्पबारे बिभिन्न कुराहरुको बारेमा जानकारी गराएको थियो ।

विशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा गुरुकुलका विद्यार्थीहरुलाई नेपालमा पाईने विभिन्न बिषालु र अबिषालु सर्पहरुको बारेमा कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा सर्प उद्धारकर्ता प्रभात भन्डारीले जानकारी गराउनुभएको थियो । साथै उँहाले सर्पले टोकेपछि धेरै जसो मानिसहरु धामि झाक्रिकँहा जाने जसले गर्दा मृत्यु सम्म हुने गरेका घटनाहरुलाई आफ्नो फोटो भिडियो देखाउदै यो परम्परागत कुराहरुलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताउनुभएको थियो । सर्पले टोकेपछिको उपचार अस्पतालमा हुने भन्दै धामि झाक्रिमा नलाग्न पनि उँहाले आग्रह गर्नुभएको थियो ।

प्रशिक्षक सर्प उद्धारकर्ता प्रभात संग २०० बढि सर्प उद्धार गरेको अनुभव उँहासंग छ । उँहाले किङ कोब्रा (बिषालु) र अविषालु सर्प लिएर गुरूकुलका विद्यार्थिहरु सामु प्रत्यक्ष रुपमा देखाउनुभएको थियो भने विद्यार्थिहरुले प्रतक्ष उक्त सर्पहरुलाई हातमा राखेर सर्प चिन्ने अनुभव समेत गरेका थिय ।

सर्पबारे प्रशिक्षण कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका कक्षा ६ देखि ९ सम्मका विद्यार्थी तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *