अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता 

दाङ, २७ असार

फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर दाङले स्वर्गीय ललित बुढाको स्मृतिमा मानव सेवा आश्रम तुलसीपुर दाङमा मनाएको छ ।

 

फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर दाङका संचाल समेत रहेका बुढाको २०७७ असार २७ गते सवारी दुर्घटना भइ  मृत्यु भएको थियो त्यहीँ अवसर पारेर आज फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुरले मानव सेवा आश्रय तुलसीपुरमा ५८ जनालाई बिहानिको खाजा नास्ता खुवाएर स्वर्गीय बुढाको ४ औं स्मृति दिवस मनाएको हो ।

 

आजकै दिन स्वर्गीय ललित बुढाको बुवा स्वर्गीय शेरसिंह बुढा मगरको पनि मृत्यु भएको थियो ।

 

स्वर्गीय बुढाको स्मृतिमा बोल्दै लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले पछिल्लो समयमा फेलोसिप लाउरे ट्रेनिङ सेन्टरले ट्रेनिङ गर्ने विद्यार्थीहरुलाई केवल ट्रेनिङ मात्र नगराई सामाजिक कार्यमा अझ त समाजलाई उत्तरदाहित्व बोध हुने गरि सामाजिक कार्य गर्दै आइरहेको बताएका थिए ।

त्यस्तै उनले स्वर्गीय बुढालाई सम्झिँदै हजारौं युवाहरुलाई एउटा सच्चा राष्ट्र सेवकको रुपमा स्थापित गर्ने लक्ष्यकासाथ ट्रेनिङ सेन्टर खोलेका थिए तर समय बस उनको मृत्यु हुन पुग्नु दु:खद भन्दै दुख व्यक्त समेत गरेका थिए ।

त्यस्तै फेलोसिप लाउरे ट्रेनिङ सेन्टरका संचालक राजु यरिले आफूहरुले एउटा लक्ष्यका साथ हजारौं युवाहरूलाई नेपालमै राष्ट्रसेवकको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ संचालन गरिएको तर बीचैमा आफूले आफ्नो साथीलाई गुमाउनु पर्दा धेरै दुःख बोध गर्नु परेको बताएका थिए ।

त्यस्तै उनले साथीले बीचमै छोडेर गएपनि साथीको सपनालाई पूरा गर्न आफू निरन्तर लागिरहेको र लागिरहने समेत बताएका थिए ।

उक्त कार्यक्रममा स्वर्गीय ललित बुढाकी भतिजी मीना बुढा मगर, पत्रकार विभिन्न संस्थामा आवद्ध व्यक्तितत्व हरु साथै फोलोसिप लाहुरे ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्ने भाई बहिनीहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *