
असार १६, तुलसीपुर

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित समाज विकास प्रवर्द्धन कोष मार्फत तुलसीपुर स्थित अपाङ्ग समाज सुधार केन्द्र संस्थालाई आवश्यक सामाग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम रहेको थियो । उनले यस अपाङ्गता क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर अपाङ्गता भएकाहरुलाई सहयोग गरेकोमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडलाई धन्यवाद प्रकट गरेका हुन ।
कार्यक्रममा बिशिष्टिअतिथि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तुलसीपुर शाखा प्रमुख सन्तोष शर्मा रहेका थिए । अतिथीमा अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरीप्रसाद खड्का, अपाङ्ग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कंडेल लगायत दिपक घर्ती, निल बहादुर सुनार एकराज भुसालको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ( नेपाल टेलिकम) तुलसीपुर शाखा प्रमुख सन्तोष शर्माले आगामी दिनहरुमा पनि नेपाल टेलिकमले अपाङ्ग समाज सुधार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले कार्यक्रम आयोजना गरि नेपाल टेलिकम तुलसीपुर शाखा प्रमुख सन्तोष शर्मा द्वारा तुलसीपुर उपमहानगरपालिकाको मेयर टिकाराम खड्काको उपस्थितिमा अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरलाई रु. ५०,००० बराबरको खाद्यान्न लत्ताकपडा तथा सामाग्री हस्तान्तरण गरेका हुन ।
नेपाल टेलिकम तुलसीपुर शाखा प्रमुख सन्तोष शर्माको अध्यक्षतामा रहेको कार्यक्रममा सहजिकरण नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) भैरवहाको सहायक प्रशासकिय अधिकृत सिता सुबेदीले गरेकी हुन ।
