अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

साकोसको साहित्यिक असार १५

किस्मत खतिवडा / असार १५ विराटनगर

प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक कार्यक्रम गर्दै आइरहेको नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले आज असार १५ गते दाहाल प्रतिष्ठान, बिराटनगरको सभाहलमा मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।

साकोस बिराटनगर शाखाका अध्यक्ष मञ्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बिराट साहित्य संगमका प्रधान सम्पादक रामबाबु दाहालले पानसमा बत्ति बालेर समुद्घघाटन गर्नु भएको हो ।

कार्यक्रममा बिराटनगर, इटहरी, टंकीसिनवारी लागायतका बिभिन्न ठाउँ बाट साहित्यकारहरु, बिभिन्न साहित्यिक संस्थाका अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम निकै रोचक बनेको छ।

हरि कट्टेल, बिनोद घिमिरे, भरत ‘बर्बरिक ‘, मधु पोख्रेल, मिनकुमार नबोदित लगायत थुप्रै साहित्यकारहरुले संस्थाले गरेका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आफ्ना बिचार प्रस्तुत गर्नु भयो।उपस्थित सर्जकहरुले रचना सुनाएर अतिथिहरुलाई मोहित पार्नुभयो ।

कार्यक्रमको संचालन संस्थाकि सचिब सुजाता राईले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा दहि चिउरा खाएर असार पन्ध्र मनाउदै कार्यक्रम समापन गरिएको थियो ।

साहित्य सिर्जना कला र संस्कृतिमा आफ्नो अलग पहिचान बनाउदै आएको साकोसको साहित्यिक आँगन सबैको साझा आँगन भएको दृश्य देखिएको उक्त कार्यक्रम निकै भब्य र सभ्य भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *