तुलसीपुर, असार ११
दाङको तुलसीपुरमा सञ्चालित सितल एकेडेमीले मानव सेवा आश्रम लाई आर्थिक सहयोग गरेको छ ।
एकेडेमीको मुनाफा बाट सामाजिक उत्तरदायित्व अन्तर्गत को रू.१६,०००|- अक्षरुपी रू. सोह्र हजार मात्र र बिद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रू.१४,०००|- अक्षरूपी रू.चौध हजार मात्र गरी जम्मा रू ३०,०००|- अक्षरूपी रू.तिस हजार मात्र तुलसीपुर ६ गाईडहर स्थित मानव सेवा आश्रम लाई आर्थिक सहयोग गरिएको छ ।
एकेडेमीको सामाजिक उत्तरदायित्व र बिद्यार्थीहरूलाई समाज सेवामा अग्रसर हुन सिकाउने उद्देश्यले मानव सेवा आश्रममा सहयोग गरिएको उमेश प्रसाद जोशीले बताउनुभयो ।
मानव सेवा आश्रम ले पछिल्लो समयमा दिनदुखी हरूको सहारा बनेर काम गरिएको बेला सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने भन्दै आफुहरूले सहयोग गरेको जोशीले बताउनुभयो ।