अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

वैदेशिक यात्रा बाध्यता कि फेसन ?

सागर सुबेदी
पछिल्लो समय बिदेश जाने नेपाली युवाहरुको भिड थामी नसक्नु छ । आर्थिक बर्ष २०७९र०८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजार रहेको थियो भने उक्त बर्षलाइ वैदेशिक रोजगारीमा रेकर्डको बर्ष पनि मानिएको थियो । किनकी एकै आर्थिक बर्षमा यो सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या थियो ।

नेपालमा पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु र देशको राजनितिक अस्थिरता नटुंगिदा देशको अवस्था बदलिने र सर्वसाधारण जनताको जीवनस्तर सुध्रिने विश्वास हराउँदा युवाहरुको विदेशिने बाध्यता बढ्दै गइरहेको छ । देशमा सत्ता र कुर्ची कै लडाइ छ । राजनितिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रमा ठुलो धक्का दिइरहेको छ । जसले गर्दा सामान्य ज्यालादारी गरेर पनि आफ्नो परिवार पाल्न सक्ने अवस्था छैन ।

यत्ति कुरा गर्दा साँचीकै देशमा रोजगारी नपाएर विदेशिनु सम्मलाइ बाध्यता नै भनौँ । तर मासिक लाख सम्म कमाउने व्यापार व्यवसाय नै बन्द गरेर, मासिक ५०(६० हजार आम्दानी हुने जागीर नै त्यागेर कोही भ्रमण भिसा लगाएर उतै बस्ने त कोही तल्लो र माथिल्लो बाटो हुँदै परदेशिने प्रवृत्ती लाइ भने फेसन नै भन्दा पनि फरक नपर्ला । पछिल्लो समयको डाटा हेर्ने हो भने पनि वास्तविक दुःख पाउनेहरु वैदेशिक रोजगारी सम्बन्धित ज्ञान नहुँदा गैरकानुनी ढंगबाट बिदेशिएका हरु नै छन । धेरै धन सम्पती कमाउने मोहमा नेपालको नागरिकता त्याग गर्न समेत तयार रहने अझँ भनौँ त नेपाली पासपोर्ट च्यातेर गैरकानुनी ढंगबाट दोस्रो देश पस्ने हरु नै पछि दुःख पर्दा मेरो देशले मलाई हेरेन भन्नेहरु छन ।

यो सानो देशमा प्रसस्त रोजगारीको अवसर नहुँदा परिवार पाल्नकै लागी बिदेशिनु बाध्यता एउटा पाटो हो भने सुख, चैन, ऐसआराम को जिन्दगी जिउने मोहका साथ भएको थोरै खुशीलाइ पनि त्यागेर बिदेशिनु र दुःख पाउनु भुँइको टिप्दा पोल्टाको गुमाउनु भने जस्तै हो ।
बिदेशिएको साथीले लगाएको महङ्गो पहिरन, चढेको महङ्गो मोटर गाडी र चलाएको महङ्गो स्मार्ट फोनबाट प्रभावित भएर बिदेश जाने सपना बुन्नु लाइ बिदेशिनु बाध्यता हो भनेर भन्नै मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *