अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

सुरज खनालले सुरु गरे हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’

दाङ , ९ असार ।  नेपाल टेलिभिजनमा हाँस्य टेलिश्रृंखला अति भो लाई २०१ अंक चलाएका निर्देशक सुरज खनालले त्यसलाई बिट मारेर नयाँ ‘ख्याल ठट्टा’ नामक टेलिश्रृंखला सुरु गरेका छन् । नयाँ टिमका साथमा शनिबारदेखि प्रसारणमा आएको श्रृंखलालाई खनाल आफैले लेखन तथा निर्देशन गरेका हुन् ।

उनका अनुसार यसअघि ‘अत्ति भो’ टेलिश्रृंखलाको टीमलाई नयाँ टीममा समेटिएको छ । काठमाण्डौंमा शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले यसको शुभारम्भ गरेका थिए । निर्देशक खनाल आफू गुल्मीको भएकाले पनि विष्टलाई प्रमुख अतिथि रोजेको बताए । शनिबार आयोजित कार्यक्रममा ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो ।

खनालले यसअघि आफूमा ‘अत्ति भो’ सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रतिबद्धता जनाउँदै समयअनुसारका सामाजिक विषयहरुमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए । यो सिरियलमा पबित्रा शांकी (मिस पबि)को मुख्य भूमिका रहेको र कलाकार निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय रहेकाले सफलता पाउने उनको अपेक्षा रहेको छ ।

शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युव च्यानलबाट यसको सुरुवात भएको कलाकार शोभाखर खनालले जानकारी दिए । उनले टीमवर्कमा काम गर्ने समूह भएकाले पहिलेजस्तैगरी मन जित्न सकिने बताए । कार्यक्रममा प्रमुख अतिथि विष्टले कलाकारले कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताउँदै जीवन्त विषयहरुलाई समेट्नुपर्ने सुझाव दिएका थिए ।

यस्ता टेलिश्रृंखलाले मनोरञ्जनसँगै समाजका बिभिन्न विषयमा सकारात्मक सन्देश फैलाउन सक्नुपर्ने उनको आग्रह थियो । यो श्रृखलामा साथ दिएका कलाकार सुरविर पण्डित (दाह्री बा) ले सिरियलको भीडमा फरक बनेर जानुपर्ने बताए भने कलाकार निर्मल शर्माले राम्रो टीमसँग काम गर्न पाउँदा खुसी लागेको र आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको बताएका थिए । कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *