अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

ग्लोबल टी-२० क्यानडा २०२४ मा तीन नेपाली खेलाडी खेल्ने तयारीमा

ग्लोबल टी-२० क्यानडा २०२४ मा तीन नेपाली खेलाडी खेल्ने तयारीमा छन्।

लेग स्पिनर सन्दीप लामिछानेसँगै अलराउन्डर दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल पनि सहभागी हुनेछन्। नेपालका कप्तान रोहित टोरन्टो नेसनल्सबाट खेल्ने छन् ।

शुक्रबार भएको ड्राफ्टमा टोरन्टोले रोहितलाई ११औं राउण्डमा १२,५०० डलरमा अनुबन्ध गरेको थियो ।

रोहितको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सम्झौता हो। त्यस्तै भ्यानकुभर नाइट्सले दुई नेपाली खेलाडीलाई अनुबन्ध गरेको छ ।

सन्दीप सबैभन्दा धेरै फ्रेन्चाइजी क्रिकेट खेल्ने नेपाली खेलाडी हुन्। उनीपछि नेपालबाट दोस्रो धेरै फ्रेन्चाइज क्रिकेट खेलेका ऐरी पनि सोही टोलीमा छन् ।

भ्यानकुभरले सन्दीपलाई ३०,००० डलरमा अनुबन्ध गरेको छ । उनलाई ड्राफ्टको आठौं राउण्डमा छनोट गरिएको थियो। त्यस्तै, ड्राफ्टको नवौं राउण्डमा ऐरीलाई १७,५०० डलरमा अनुबन्ध गरिएको थियो ।

ग्लोबल T20 क्यानडा जुलाई 25 मा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *