अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

मानव स्वास्थ्य समाजले गौरव महिना जुन मनाउदै : आज गौरव यात्रा

बिशाल विश्वकर्मा 

घोराही, २ असार

दाङको घोराही उपमहानगरपालिकामा मानव स्वास्थ्य समाज द्वारा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय ले मनाउने गौरवको महिना “जुन” अन्तर्गत आज गौरवको यात्रा निकालिएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २० औँ शताब्दीको ६० औँ दशकमा भएको अमेरिकाको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा घोराहीमा पनि गौरव यात्रा निकालिएको हो ।

अङ्ग्रेजी मिति अनुसार जुन महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो ।

गौरव यात्रा मानव स्वास्थ्य समाजको कार्यलय घोराही बाट सुरु गरि वि.पि चोक भएर घोराही उपमहानगरपालिकाको कार्यलय लगिएको थियो । मानव स्वास्थ्य समाजको अध्यक्ष मुस्कान डि सि ले आफ्नो समुदायको माग राख्दै घोराही उपमहानगरपालिकाको मेयर नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाउदै कार्यक्रम को समापन गरिएको थियो भने मेयर चौधरीले स्थानीय सरकार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक को समुदायमा लगानी गर्न सकारात्मक भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *