दाङ ,१ असार
दाङको तुलसीपुरमा पानी ट्याङकीमा डुबेर ७० बर्षिया वृद्धाको मृत्यु भएको छ । गएराती अन्दाजी साढे १० बजेतिर आफैले बनाएको घर नजिकको पानी ट्याङ्कीमा डुबेर ७० वर्षिया वृद्धाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा बस्ने ७० वर्षिया शान्ता कुमारी देबकोटा रहेकी छिन् ।
मृतक देबकोटाको शवलाई पोष्टमार्टम पश्चात् मृतकको छोरालाई जिम्मा लगाएको प्रहरीले बताएको छ ।