अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

३ दिने नमुना युवा नगर सभा अभ्यास कार्यक्रम सम्पन्न

तुलसपिुर, २९ जेठ । शुभम देवकोटा

दाङको तुलसीपुरमा ३ दिने नमुना युवा नगर सभा अभ्यासको आज समापन गरिएको छ । समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा भन्ने नारा सहितको नमुना युवा नगर सभाको नमुना अभ्यास गराइएको थियो ।

नेपालको संसदीय कार्यप्रणाली, कार्यशैली, सांसदहरुको संसदीय भूमिका तथा कानुन निर्माण प्रक्रिया लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने गरि गरिएको ३ दिने नमुना नगर सभा अभ्यास कार्यक्रम  सम्पन्न भएको छ ।

युवालय संथाका संयोजक शर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि खड्काले  हाम्रो समाज तथा देश मर्यादित र गौरवपूर्ण बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । समाजमा देखिएका विकृति, विसंगती, आर्थिक व्यथिति, असमानता विरुद्ध आवाज उठाउने काम युवाहरुको भएको प्रमुख अतिथि खड्काले बताउनुभयो । यस्ता व्यथितिका मुद्दाहरु उठाउने र सम्बन्धित ठाउँमा पुर्याउने युवाहरुको दायित्व भएको भन्दै समाजलाई परिवर्तनको बाटोमा अग्रसर गराउनु पर्ने उहाँको भनाइ छ ।

यस्तै तालिममा सहभागि सोनिया थापाले विदेश जाने सोचमा रहेको आफु यो कार्यक्रममा सहभागी भएपछि सोच परिवर्तन भएको बताउनु भयो । युवाहरुलाई यस्तै खालको नेतृत्व विकास गर्न र उद्धमी बनाउनका लागि यस्तो कार्यक्रमको आवश्यकता हुनेमा जोड दिनु भएको थियो । युवाहरुको नेतृत्व विकास र आगामी दिनमा लक्ष्य निर्धारण गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ नमुना नगर सभा कार्यक्रम आयोजना गरिएको थियो । तुलसीपर उपमहानगरपालिकाका १९ वटै वडाका ३८ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नगर युवा सञ्जालको अध्यक्ष ओद बहादुर भण्डारी (गणेश ) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *