अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

३ दिने नमुना युवा नगर सभा अभ्यास कार्यक्रम सम्पन्न

तुलसपिुर, २९ जेठ । दाङको तुलसीपुरमा ३ दिने नमुना युवा नगर सभाको आज समापन गरिएको छ । समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा भन्ने नारा सहितको नमुना युवा नगर सभाको नमुना अभ्यास गराइएको थियो ।

नेपालको संसदीय कार्यप्रणाली, कार्यशैली, सांसदहरुको संसदीय भूमिका तथा कानुन निर्माण प्रक्रिया लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने गरि गरिएको ३ दिने नमुना नगर युवा सभा कार्यक्रम  सम्पन्न भएको छ ।

युवालय संथाका संयोजक शर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि खड्काले  हाम्रो समाज तथा देश मर्यादित र गौरवपूर्ण बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । समाजमा देखिएका विकृति, विसंगती, आर्थिक व्यथिति, असमानता विरुद्ध आवाज उठाउने काम युवाहरुको भएको प्रमुख अतिथि खड्काले बताउनुभयो । यस्ता व्यथितिका मुद्दाहरु उठाउने र सम्बन्धित ठाउँमा पुर्याउने युवाहरुको दायित्व भएको भन्दै समाजलाई परिवर्तनको बाटोमा अग्रसर गराउनु पर्ने उहाँको भनाइ छ ।

यस्तै तालिममा सहभागि सोनिया थापाले विदेश जाने सोचमा रहेको आफु यो कार्यक्रममा सहभागी भएपछि सोच परिवर्तन भएको बताउनु भयो । युवाहरुलाई यस्तै खालको नेतृत्व विकास गर्न र उद्धमी बनाउनका लागि यस्तो कार्यक्रमको आवश्यकता हुनेमा जोड दिनु भएको थियो । युवाहरुको नेतृत्व विकास र आगामी दिनमा लक्ष्य निर्धारण गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ नमुना नगर सभा कार्यक्रम आयोजना गरिएको थियो । तुलसीपर उपमहानगरपालिकाका १९ वटै वडाका ३८ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नगर युवा सञ्जालको अध्यक्ष ओद बहादुर भण्डारी (गणेश ) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *