अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

मा.वि अश्वारा का बिद्यार्थीको निशुल्क रक्त समुह जाँच 

जेठ, २४ 

तुलसीपुर ८ स्थित माध्यमिक बिद्यालय अश्वारा मा बिद्यार्थीहरूको नि:शुल्क रक्त समुह जाँच तथा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरूको निशुल्क रक्त समुह जाँच गरी उनीहरूलाई रक्तदान मा उत्प्रेरित हुनको लागी रक्तदान का फाईदा र बेफाइदा बारे पनि बुझाइएको हो । नेपाल रेडक्रस सोसाइटी दाङ , सिटी हस्पिटल तुलसीपुर को प्राविधिक सहयोग एवम् थर्ड आई नेपाल को आयोजना मा बिद्यार्थीहरूको रक्त समुह जाँच गरी उनीहरूलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो ।

समाजसेवी जित बहादुर के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भिमलाल मरासैनी , अतिथिहरूमा लेखमणी खत्री ( लक्ष्मण ) सन्तोष लामिछाने , रेश्म बस्याल हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी ले बिद्यार्थीहरूलाई आफ्नो रक्त समुह जाँच गरी आवश्यक परेको बेला रक्तदान गर्न पछि नहट्न आग्रह गर्दै, सबै भन्दा ठुलो दान भनेको रक्तदान भएको कुराको बारेमा बुझाउनु भएको थियो ।

विशिष्ट अतिथि मरासैनी ले हरेक स्वस्थ पुरूष ले हरेक ३-३ महिना र महिला ले हरेक ४-४ महिनामा रक्तदान गर्न मिल्ने भएको हुँदा, रक्तदान गर्दा स्वास्थ्यमा त्यस्तो कुनै समस्या नहुने भन्दै आफुले अहिले सम्म ५०औँ पटक रक्तदान गरिसकेको प्रत्यक्ष उदाहरण सुनाउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष बसन्त गिरीले कुनैपनि व्यक्तिको रगत अभावका कारण मृत्यु नहोस भन्ने उद्देश्य ले यसरी रक्त समुह जाँच गराई डाटा राख्ने र अत्ति आवश्यक अवस्थामा सम्पर्क मा ल्याउन सहज हुने भन्दै आफुहरूले यस्तो कार्यक्रम गर्ने गरेको बताउनु भएको थियो ।

थर्ड आई नेपाल कि सदस्य शोभा अधिकारी को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रम को सहजीकरण संस्था कि सदस्य पूर्णिमा बस्नेत ( सपना ) ले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *