सुर्खेत २२ जेठ । कर्णाली प्रदेशमा युवा महिलाहरूको नेतृत्वमा [(The Convention on the Elimination of All Forms of Discrimination against Women) (CEDAW),] रिपोर्टिङ २ दिने (मिति :२०८१/०२/१९ र २० गते )आवासीय कार्यक्रम सुर्खेत जिल्लाको होटल नमस्ते नेपालमा भब्य रूपमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका सबै १० वटै जिल्लाबाट आएका युवाहरुले उठाउनु भएका महिलाहरुले भोग्ने सबै प्रकारका हिंसा जस्ता महत्त्वपूर्ण बिषयहरुको कार्यक्रममा छलफल भैई , समस्याहरूको गहिरो बुझाइ प्राप्त गर्दै र वर्तमान परिस्थितिको अन्वेषण र यसको समाधानको मार्गको बारे कार्यक्रममा बिशेष चर्चा गरिएको थियो ।
यस ऐतिहासिक कार्यक्रमले युवा महिलाहरूको अधिकार र सशक्तिकरणको वकालत गर्न विविध आवाजहरूलाई एकत्रित गरेको छ ।
उक्त कार्यक्रमका स्थानीय संयोजक एवम् भगवतीमाई गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारी ज्युले भन्नुभयो,”युवालयले प्लान इन्टरनेशनल नेपाल र रास्ट्रिय युवा परिषद्सँग मिलेर यस आन्दोलनको नेतृत्व गरेकोमा र नेपालभरका युवा महिलाहरूका अनुभवहरूलाई प्रवर्धन गर्ने एउटा नयाँ प्रयास गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
कार्यक्रममा सहभागी सबै समुदाय बाट समाबेशी रुपमा २० जना युवाहरू रहेका थिए । उनिहरुले आफ्नो समाजमा देखेका ,सुनेका र प्रत्यक्ष भोगेका महिला हिंसा बारे आवाज बुलन्द पारेका थिए । धेरै जसो सहभागीले आफुले भोगेका हिंसा अब देखि अरुले नभोगुन् भनेर आफू समाज रुपान्तरणको अभियानमा जबर्जस्त अगाडी बढेको कुरा व्यक्त गर्नुभयो ।
यस कार्यक्रमको केन्द्रिय परियोजना संयोजकको रूपमा उमा अधिकारी रहनुभएको छ । कार्यक्रमको समापन समारोहमा युवालयका बोर्ड सदस्य मिना बिश्वकर्मा ,स्थानीय संयोजक राजेन्द्र अधिकारी र सहजकर्ताहरु किशोर कुईंकेल, सदिच्छा नेपाल ,मबि श्रेष्ठ र सुजता बास्तोला ज्युको उपस्थिति रहेको थियो ।