अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार : मेयर खड्का 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानकालागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले तुलसीपुर उपमहानगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्नुहुँदै मेयर खड्काले खानेपानी समस्या समाधानकालागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताउनुभयो ।

‘खानेपानीको समस्या विकराल बन्दै छ ।’ मेयर पाण्डेले भन्नुभयो,‘समस्या समाधानकालागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले जंगल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताउनुभयो ।

जंगल फडानी र आगलागी रोक्ने दायित्व नागरिको भएको उहाँको भनाई छ । उहाँले बर्खाको पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने बताउनुभयो । खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै उहाँले मर्ज गरेर एकिकृत योजना निर्माण गर्न सकिने बताउनुभयो ।

डिभिजन खानेपानी कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानीको लागी अधुरा साना साना योजना भन्दा अब ठुला योजना ल्याइ दीर्घकालीन रुपमा लग्नु पर्ने बताउनु भएको छ ।

तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले स्थानीय तहले पनि खानेपानीका लागी गम्भीर बन्न आग्रह गर्नु भएको छ । स्थानीय तहले अहिलेसम्म पनि खानेपानीको लागि बजेट निकासा गरेको देखियको छैन अब यसमा ध्यान दिन आग्रह समेत गर्नु भयो ।

छरछरे खानेपानीका अध्यक्ष गेहराज पौडेल , जुरपनिया मैनतारा खानेपानी सदस्य छवि घर्ती लगायत बोल्नु भएको थियो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ नेपाल (फेडवासन) का सदस्य डिला कुमारी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ नेपाल (फेडवासन ) दाङका अध्यक्ष धुर्व ठकुरीको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्य र जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेको बिशिष्  आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

भेलाबाट पालिका स्तरीय समिति गठन 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल तुलसीपुरमा पालिका स्तरीय समिति गठन भएको छ । जसमा अध्यक्ष टेकबहादुर के.सि, उपाध्यक्ष आशा जि.सि, सचीव राकेश बस्नेत , कोषाध्यक्ष मधु कुमारी योगि, सदस्यहरुमा गेहराज पौडेल, कुन्ती बली, पुस्कर भण्डारी, पुर्ण बहादुर डाँगी, चन्द्रा वलि रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *