अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

नेपाल आर्मीमा छनोट विद्यार्थीलाई सम्मान तथा बिदाइ

दाङ, १६ जेठ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङले नेपाल आर्मीमा छनोट विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । बुधबार एक कार्यक्रम गरी ६ जना छात्रा र २ जना छात्र गरी ८ जना नेपाल आर्मीमा छनोट भएकालाई सम्मान तथा बिदाई गरेको हो । सेन्टरका सञ्चालक राजु यरीको अध्यक्षतामा एवं नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले छनोट भएका विद्यार्थीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पछिल्लो समय १२ पास गर्ने बित्तिकै विदेश जाने चलन बढिरहेको भन्दै उनले आफ्नो देशमा बसेर देशको लागि सेवा गर्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।

दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तेक्वान्दो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन स्वर्णकार, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, लाइन्स क्लब दाङ क्यापिटलका अध्यक्ष दीपक केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी एच. आर. मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *