अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस 

बैशाख, ८ तुलसीपुर 

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको हिमाल एकेडेमी ले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमका बिच मनाएको छ । “स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षकका बिच मैत्रपूर्ण खेल खेली ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो ।

बिद्यालयका खेल शिक्षक द्रोण प्रसाद चन्द को सभापतित्व एवम दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि हेर्ने दृष्टिकोणमा थोरै पनि फरक नपरेको बताए । खेलकुद क्षेत्र त्यसमाथि पनि भलिबलको विकासमा सम्बन्धित निकायको ध्यान जान नसकेको मा दुख व्यक्त गरे । प्रमुख अतिथि बस्नेतले आफुलाई सबैभन्दा माथि पुर्याउने कराँते खेल भएपनि आफ्नो मनमुटुमा भने भलिबल खेल भएको बताएका थिए ।

कार्यक्रम मा बोल्दै कार्यक्रममा सभापति एवम् बिद्यालय का खेल शिक्षक द्रोण प्रसाद चन्दले बिद्यालयमा किताब घोकाउने मात्र नभई खेलकुद मा पनि यतिकै महत्व दिनुपर्ने हुँदा खेल क्षेत्रमा थोरै भएपनि परिवर्तन ल्याउने उद्देश्य का साथ बिद्यालयमा खेलकुद लाई सदैव निरन्तरता दिने तथा अन्य बिद्यालयमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिन आफुहरू सदैव एक बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कार्यक्रम को सहजीकरण भिम मरासिनीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *