अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने

घोराही, ७ जेठ ।

प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा आज घोराहीमा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार संगठन एवम् अग्रज पत्रकारहरूसँग छलफल र सम्वाद गर्ने निर्णय गरेको छ ।

बैठकले पत्रकार महासंघ सम्बन्धि आवश्यक सम्पूर्ण निर्णय गर्न र वार्ता सम्वाद अघि बढाउन संगठनका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

कार्यदलमा जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली र सह-सचिव दीपक बोहोरा रहनुभएको छ । त्यसैगरी यही जेठ १३ गते घोराहीमा संगठनको लुम्बिनी प्रदेश समिति र पत्रकार महासंघ दाङसँग संयुक्तरूपमा कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने निर्णय गरेको छ । सो अवसरमा प्रदान गरिने पुरस्कार छनौट गर्न समिति गठन गरिएको छ ।

संगठनका जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य संयोजक रहेको अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको छ ।

बैठकमा पार्टीका सह-इञ्चार्ज रामबहादुर दहित अञ्जान, जिल्ला संयोजक हरिमान पुन बरूण, संगठनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज अजयदीप शर्मा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, माओवादी दाङका सचिव विश्वराज आचार्य, संगठनका प्रदेश अध्यक्ष मानसिङ विक, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य, संगठनका जिल्ला संस्थापक अध्यक्ष पुरण शर्मा लगायतका नेताहरूको उपस्थित रहेको थियो । बैठकमा कार्यक्रम सञ्चालन सचिव जनक नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *