अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौ ५ जेठ । कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युवा अभियान र राष्ट्रिय युवा परिषदको आयोजनामा गुगल मिटमा सम्पन्न भएको हो ।
कार्यक्रमको सभापति गङ्ग बहादुर गौतम, प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाही , विशिष्ट अतिथी कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रनसिंह परियार, अतिथिहरु राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत , शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी , भगवतीमाई गाउँ युवा परिषदका उपाध्यक्ष राजेन्द्र अधिकारीको अतिथिमा सम्पन्न भएको हो ।

 

कर्णाली प्रदेशको दिगो विकास लक्ष्यहरुको कार्यन्वयनमा भएको प्रगति तथा चुनौतीहरुमा युवाको विश्लेषण कार्यक्रम सम्पन्न भएको हो ।
भगवतीमाई गाउँ युवा परिषदको उपाध्यक्षले विगत ५ वर्षदेखि युवाको क्षेत्रमा काम गरिरहेको हुँदा आफ्नो गाउँपालिकाको नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यहरुमा काम गर्ने बताउनु भयो । शारदा नगरपालिकाको मेयर प्रकाश भण्डारीले आफ्नो नगरपालिकामा युवाहरुलाई लक्षित कार्यक्रम गरिरहेको बताउनु भयो । आफ्नो नगरपालिकामा दिगो विकासका लक्ष्यहरुको कार्यक्रम गर्ने बताउनु भयो । शारदा नगरपालिकामा कोहि केहि नया आईडीया बोकेर आउँछ भने उसको आईडीयामा काम गर्ने बताउनु भयो ।

राष्ट्रिय युवा परिषदको उपाध्यक्षले युवा लक्षित कार्यक्रम युवा परिषदले गरेको बताउनु भयो । अबको आर्थिक बर्षमा नेपाल सरकारले युवाको विषयमा कार्यक्रमहरु युवा लक्षित ल्याएको बताउनु भयो ।
त्यस्तै कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रनसिंह परियारले कर्णाली प्रदेश सरकार युवाको निति सम्बन्धि काम गरिरहेको बताउनु भयो । यो आर्थिक वर्षमा कर्णाली सरकारले युवा लक्षित कार्यक्रम गर्ने र पालिकामा पनि दिगो विकास सम्बन्धि कार्यक्रमको लागि पहल गर्ने बताउनु भयो ।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले यो पालिको निति तथा कार्यक्रम युवा लक्षित भएको कारण यस्ता युवा लक्षित कार्यक्रमका लागि युवा तथा खेलकुद मन्त्री समक्ष कुरा राख्ने बताउनु भयो । कार्यक्रम सहजीकरण टेकेन्द्र उपाध्यायले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *