अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता

जेठ २ , दाङ ।

नेत्रविक्रम सी (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पिडित जनताका घर टहरा बनाउन सुरु गरेको छ ।

आज बुधबारदेखि नेकपा दाङद्वारा सुरु गरिएको ३ दिनको श्रम शिविरमा २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जनाइएको छ ।

श्रम शिविरमा सहभागी नेताकार्यकर्ताहरुलाई निर्देशन दिदै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेकपाको एउटा मात्रै उद्देश्य निस्वार्थ ढंगले जनताको सेवा गर्नु भएको बताए ।

उनले भने – ‘ जनतालाई जहाँ दुख , पीडा हुन्छा त्यहाँ नेपाल कम्युनिस्ट पार्टी पुग्नुपर्छ । जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी हो । हामिले राजनीति जनताको सेवा गर्नलाई गरेका हौं , जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य हाम्रो हुनुहुँदैन।’

हामिले स्टनबाजि गरेका होइनौं , उनले थप भने ,‘ जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो । यो कुनै स्टनबाजी गर्ने कुरा होईन । चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडेजस्तो पनि होईन । हामिले जति गर्न सक्छौं त्यतीमात्रै भनेका हौं । यहाँ श्रम शिविर चलाउने हामिले जिल्लामा निर्णय गरेका हौं । जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको के काम? राजपुरका जनता दुखमा हुँदा हाम्रो पार्टी टुलुटुलु हेरेर बस्ने कुरा भएन , हामीले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेका थियौ र आज श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन आएका हौं ।’

नेता सविनले आगलागी पीडितका जनताको निर्देशन अनुसार पार्टीका नेताकार्यकर्तालाई पुनर्निर्माणका विभिन्न कामकाजमा परिचालन गरिएको बताए ।

नेकपा दाङले दाङका प्रत्येक पालिकाबाट २/३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जनाएको छ भने आजबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट गरि करिव २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जनाइएको छ ।

नेकपा दाङले यसअघि नै राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *