जेठ २, तुलसीपुर
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा एकै आर्थिक बर्षमा ३ वटा शवदाह गृह निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडाअध्यक्ष प्रेमनाथ योगीको पहलमा वडा बाट बजेट विनियोजन गरि शवदाह गृह निर्माण गरिएको हो ।
शवदाह गृह निर्माणको लागी आवश्यक ठाँउ पहिचान गरी श्रीचौर ढोडेनीको बिचमा रु.५,००,०००। , सक्राम खोलामा रु.५,००,०००। र झोलुङ्गे पुल र मानपुर बाँधको बिचमा रु.५,००,०००। गरी जम्मा रु.१५,००,०००। खर्च गरी ३ वटा शवदाह गृह निर्माण गरिएको हो ।
वडाबासी जनताको आवश्यकतालाइ मध्यनजर गर्दै जनताको माग बमोजिम शवदाह गृह निर्माण गरिएको वडा सदस्य राम बहादुर पौडेलले जानकारी दिनुभयो ।
व्यवस्थित शवदाह गृह नहुँदा वडा बासी जनताहरुले मानिसको मृत्यू भएको त्यो दुखद समयमा पनि सास्ती भोग्नु परेको क्षणलाइ मनन गर्दै एकै आर्थिक बर्षमा ३ वटा शवदाह गृह निर्माण गर्नको लागी बजेट बिनियोजन गरिएको वडाअध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।
व्यवस्थित शवदाह निर्माण भएपछि अब केहि सहज हुने त्यँहाका जनताहरुले बताउँछन ।