अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग

दाङ, १ जेठ ।

राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थी हरुले तालाबन्दी गरेका छन् । लामो समय देखी राप्ती बबई क्याम्पसको सुरक्षाकर्मी (गार्ड) को रुपमा काम गर्दै आईरहेका खिम बहादुर डाँगीलाई राजनीतिक हस्तक्षपको कारण क्याम्पस प्रमुखले मनमानी ढंगले हटाउन लागेको भन्दै ताला लगाएको विद्यार्थीले बताएका हुन् ।

यस्तै विद्यार्थीहरुले विद्यार्थी संगै संस्थाको हितको निम्ति कुनै काम नगर्ने र बारम्बार मनमानी ढंगले हरेक क्रियाकलाप गरिरहेको , विद्यार्थी संगठन सँग भएका सहमति व्यवास्था गर्दै अगाडी बढिरहेको हुँदा आफू हरुले ताला लगाउन बाध्य भएको बताए ।

यस्तै उनीहरुको हरेक निर्णय एउटा गर्ने र कार्यन्वयन अर्को गर्दै आइरहेको पनि बताए । १८ औं साधारण सभाको दिन विद्यार्थीको प्रतिनिधित्व गर्दै कोमल बहादुर वली (के.बि.) ले उठाएका बिषयहरु पनि छलफल गर्ने भनिएको तर अहिले सम्म कुनै बैठक नबोलाउनु विद्यार्थी हित बिपरित क्याम्पस प्रशासन चलिरहेको बताए ।

यस्तै विद्यार्थी प्रमोद भण्डारीले तत्काल सुरक्षाकर्मी (गार्ड) हटाउने निर्णय फिर्ता लिन र विद्यार्थीहरुले उठाएका हरेक बिषयमा छलफल नगरी व्यवास्था गरे आफुहरुले थप संर्घषका कार्यक्रम गर्ने पनि बताएका छन् ।

यता क्यामस प्रमुख गणेश पार्धे सँग बुझ्दा गार्डले राम्रो सँग काम नगरेको कारण देखाउँदै सेक्युरिटिज कम्पनीलाइ गार्ड परिवर्तन गर्न खबर गरेको बताउँछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *