अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित

तुलसीपुर , बैशाख ३१ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाली काँग्रेस का बिनिल केसी निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको २९३८ मध्य १५५० मत प्राप्त गरेका हुन । बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन । शाहले १३४० मत प्राप्त गरे । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका हुन । पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव ।

 

नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट सुरु भएको मत गणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।

यस्तै उद्योग उपाध्यक्षमा विश्व बस्नेत , वाणिज्य उपाध्यक्ष मा नरेश कुमार राज भण्डारी, खुल्ला उपाध्यक्ष मा देव बहादुर के सी, महासचिवमा केशव राज के सी, कोषाध्यक्षमा रूपेश शर्मा, सचिवमा नविन राई, सह कोषाध्यक्षमा दिपेश भण्डारी विजयी भएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *