२८ बैशाख
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–१४ का ट्याक्टर चालक २२ वर्षिय विकास खड्का र सोहि सोही ठाउँका १९ वर्षिय हरी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरीका अनुसार आठविसकोटको पिपलचौरबाट जाजरकोटको रिम्नातर्फ जादै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तिनजना घाइते भएका छन् । घाईतेलाई उपचारको लागि चौरजहारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भने खुलेको छैन । ट्याक्टर भेरी नदिमै रहेकोले नम्वर समेत खुल्न बाकी छ । ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।