अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

तुलसीपुर उवासंघकाे निर्वाचनमा एकैपटक २९ जनाले मतदान गर्न पाउने

तुलसीपुर, २८ बैशाख

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको सम्पूणर् तयारी पुरा भएको छ । बैशाख २९ गते (भोली शनिबार) विहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो ।

 

मतदानका लागि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तलामा २२ वटा बुथ तयार गरिएको संयोजक लम्सालले बताउनुभयो । यस्तै शारिरिक रुपमा अशक्तहरुको लागि कार्यालयको तल्लो तलामा ७ वटा बुथ सहित २९ वटा बुथ तयार भएको उहाँको भनाई छ ।

 

निर्वाचनमा मतदानका लागि एकै पटक २९ जना मतदाताले सहभागिता जनाउन सकिने व्यवस्था मिलाइएको छ भने आवश्यकताका आधारमा केही बुथको संख्या थप गर्न समेत सकिने निर्वाचन समितिले जनाएको छ । अहिले मतदाताहरुलाई फोटो सहितको परिचयपत्र वितरणको काम भइरहेको छ ।

 

तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । त्यस मध्ये करिब २० जनाको परिचयपत्रमा फोटो उपलब्ध नभएको निर्वाचन समितिका संयोजक लम्सालले बताउनुभयो ।

 

फोटो सहितको मतदाता परिचयपत्र नभएको खण्डमा सवारी चालक अनुमति पत्र तथा नागरिकताको आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान वेलुका ५ वजेसम्म गर्न सकिने छ ।

 

निर्वाचनमा नेपाली कांग्रेसका विनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावी मैदानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *