अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

२९०० मिटर उचाई रहेको हुम्लाको सिमकोटमा नमुना गाउँ सभा संचालन

वैशाख २८ जुम्ला | सिमकोट गाउँपालिका हुम्लाको आयोजना र राष्ट्रिय युवा परिषद्को सहयोगमा मिति २०८१ बैशाख २५ गतेदेखि २८ गतेसम्म हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा ४ दिने नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

सिमकोट गाउँपालिका भित्रका ८ वटै वडाहरुका १६ देखि २४ वर्ष उमेर समुहका ३० जना युवाहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमबाट गाउँ सभा , रिडिङ पेपर , नीति तथा कार्यक्रम ,बजेट बक्तब्य ,लोकतन्त्र , युवा नीति , युवा क्लब ,युवा संजाल ,स्थानीय तहमा योजना तर्जुमाका चरणहरु , गाउँ सभा पदाधिकारीहरुको भुमिका , विधेयकहरु ,निर्वाचन प्रक्रिया ,सुचनाको हक , गाउँ सभा संचालन कार्यबिधी ,युवा जिवनमा मार्गदर्शनको महत्त्व , युवा संबंधित काम गर्ने विभिन्न निकायहरु ,लगायत बिषयमा प्रशिक्षण दिईएको थियो ।

 

उक्त कार्यक्रममा नमुना युवा गाउँ सभाको लागि पदाधिकारीहरु सर्वसम्मत चयन भएका थिए ।
अध्यक्षमा प्रतीक्षा परियार ,उपाध्यक्षमा चिन बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत (सचिब)को भुमिकामा पारस रावत रहनुभएको थियो ।

साथै कार्यक्रमबाट ११ सदस्यीय सिमकोट गाउँपालिका स्तरीय युवा क्लब संजाल गठन भएको थियो । अजय बोहोराको नेतृत्वमा ११ सदस्यीय संजाल निर्माण भएको हो।

यसै बर्ष कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने ” नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम “को लागि २ जना युवाहरू ; प्रतीक्षा परियार र चीन बहादुर शाही छनौट भएका थिए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा नेपाल सरकारका उपसचिव कर्ण बहादुर कवर र राष्ट्रिय युवा परिषद्का प्रशिक्षक राजेन्द्र अधिकारी रहनुभएको थियो ।


उपसचिव कर्ण बहादुर कवर ज्युले भन्नुभयो ,” यो कार्यक्रमले युवाहरुको दक्षता ,क्षमता ,नेतृत्व बिकास र सशक्तीकरणमा महत्त्वपूर्ण भुमिका खेल्दै युवाहरूले स्थानीय शासन प्रक्रियाको बारेमा जानकारी राख्दै स्थानीय सरकारलाई निरन्तर खबरदारी सहितको रचनात्मक सहयोग गर्ने भएकालेे अन्य कार्यक्रम भन्दा यो कार्यक्रम पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय हुँदै गएको छ ।”

उक्त कार्यक्रमको समापन समारोहमा भगवतीमाई गाउँ युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवम् राष्ट्रिय युवा परिषद्का प्रशिक्षक राजेन्द्र अधिकारीले ” स्थानीय युवा परिषद् गठन संबंधित बिधेयक ” को मस्यौदा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ज्युलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन समारोहमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी ,उपाध्यक्ष सुशीला रोकाया ,उपसचिव एवम् प्रशिक्षक कर्ण बहादुर कवर ,प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया ,शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बर्ष फडेरा लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्राबिधिक सहायक कृष्ण आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *