अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

ललित जंग शाहको प्यानललाई जिताउन काँग्रेस सहित ७ दलको समर्थन

तुलसीपुर, २६ वैशाख । 

तुलसीपुर उद्योग वाणिज्य संघ को आसन्न निर्वाचन मा ललित जंग शाह नेतृत्वको संयुक्त व्यवसायी प्यानललाई जिताउन काँग्रेस सहित ७ दलले अपिल गरेका छन । काँग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले बुधबार अपिल जारी गर्दै ललितजंग शाह नेतृत्वको संयुक्त व्यवसायी प्यानललाई समर्थन गरेको जानकारी गराएका छन् ।

उक्त अपिलमा काँग्रेसका पूर्व महासमिति सदस्य तथा तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, काँग्रेसबाट निर्वाचित तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, काँग्रेस निकट प्रजातान्त्रिक उद्योग व्यवसायी संघका लुम्बिनी प्रदेश कमिटी सदस्य डिलबहादुर वली सहितले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी सोही अपीलमा माओवादीका लुम्बिनी प्रदेश सदस्य प्रेमराज वली‘प्रभात’, एमालेका केन्द्रीय निर्वाचन कमिटि सदस्य हिराचन्द्र केसी, राप्रपाका केन्द्रिय सदस्य दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवलय  सदस्य शुक्रराज भण्डारीले समेत हस्ताक्षर गरेको अपिलमा जिताउन आग्रह गरिएको छ ।

उक्त प्यानलले संघको नेतृत्व निर्माणमा सबै क्षेत्र, पक्ष विषयगत व्यवसायीहरूको  समेत भावना प्रतिनिधित्व हुने  बताइएको छ । तर, यस अघि अस्वस्थ प्रतिस्पर्धा गर्ने, निर्वाचनका नाममा एकाधिकार निर्माणको  भावनाबाट अभिप्रेरित क्रियाकलाप र प्रबृत्तिले प्रोत्साहन पाइरहेको अबस्था रहेको भन्दै यसमा आफूहरु गम्भीर रहेको उक्त प्यानलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *