अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

लागुऔषध दुर्व्यसन न्युनिकरणबारे अभिमूखिकरण

दाङ,२३ बैशाख
लागुऔषध दुव्र्यसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूखिकरण गरिएको छ । बढ्दो लागुऔषध दूव्र्यसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर-६ का विद्यालयमा अध्ययनरत्त विद्यार्थीलाई अभिमूखिकरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले कार्यक्रम गरेको हो । केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले भौतिक विकाससंगै मानविय विकासलाई वडा सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

भौतिक विकास नियमित हुने पक्रिया भएको भन्दै उहाँले असल समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले घर वरपर भौतिक विकासमा ध्यान दिएरमात्रै नहुने भन्दै बालबालिकालाई शिक्षासंगै असल संस्कार सिकाउन अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शविद शैलेश शर्माले लागुऔषध दुव्र्यसनका समस्या र निराकरणका उपायबारे प्रशिक्षण गर्नुभएको हो । उहाँले बालबालिकालाई लागुऔषध दुव्र्यसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताउनुभयो ।

मोटिभेशनल ट्रेनर डिल्ली बस्नेतले सकारात्मक सोचबारे प्रशिक्षण गर्नुभएको छ । लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि निरन्तर समाजमा यस्तै किसिमका कार्यक्रम गरिरहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो । यस्तै केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीले सबैको प्रयासले सुन्दर समाज बन्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार जीतसागर जी.एमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रिता केसीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *