२१ वैशाख,
सुनको भाउ शुक्रबार प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तय भएको छ ।
अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य ३ हजार ९ सय रुपैयाँ घटेको छ ।