प्रेम सुबेदी, १९ बैशाख
श्रम दिवस जसलाई मे दिवस पनि भनिन्छ । विश्वका धेरै देशहरुमा मे १ मा यो दिवस मनाईने भएकाले यसलाई मे दिवस पनि भनिन्छ । मजदुर आन्दोलन र मजदुरहरुको अधिकारको संघर्षको विरासत बोकिएको श्रम दिवस जसलाई मे दिवस पनि भनिन्छ । यो दिवससँग मजदुर आन्दोलन र मजदुरहरुको अधिकारको संघर्षको विरासत बोकिएको इतिहाँस जोडिएर रहेको छ ।
श्रम दिवसबारे केही विवरणहरु :
उत्पत्ती : यो दिवसको उत्पत्ती १९औ शताब्दीको उत्तरार्ध तिर भएको हो । जतिबेला संयुक्त राज्य अमेरिका र अन्य औद्योगिक देशहरुमा कामदारले उचित काम, उचित ज्याला, ८ घण्टा काम, ८ घण्टा मानोरञ्जन र ८ घण्टा आरामको वकालत गर्दै आन्दोलन गरिएको थियो । यो आन्दोलनको मुख्य उत्प्रेरक घटना १, मे १८८६ को शिकागोको हेमार्केट घटना थियो जहाँ श्रमीकहरुको शान्तिपुर्ण विरोधले हिैसात्मक रुप लियो । परिणामस्वरुप धेरै कामदार र प्रहरिको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको मितिको रुपमा हेमार्केट मामिलाको घटना स्मरण र श्रम आन्दोलनका उपलब्धिहरुलाई सम्मान गर्नको लागि छनौट गरिएको थियो । यो दिवस समाजमा श्रमिकहरुको योगदानको सम्झना गर्न र श्रम अधिकार, सामाजिक न्यायकोलागि जारी संघर्षलाइ उजागर गर्न समर्पित छ ।
विश्वव्यापी अवलोकन: अमेरिका, क्यानडा, भारत, ब्राजिल, रुस, धेरै युरोपेली, एशियाली राष्ट्रहरु सहित धेरै देशहरुमा श्रमिक दिवसलाई सार्वजनिक विदाको रुपमा मनाईन्छ । कामदारहरुलाई आराम गर्न, श्रमिक संघसंगठनहरुलाई भेला तथा जमघट गर्न, सरकारी एजेन्सीहरुद्धारा आयोजित विभिन्न कार्यक्रमहरु र गतिविधिहरुमा भाग लिनकोलागि विदा दिईने गर्दछ ।
विषयवस्तु र गतिविधिहरु : श्रमिक तथा मजदुरहरुबीचको ऐक्यबद्धता, श्रम अधिकार, निष्पक्ष तथा समान कामको व्यवस्थाहरु हुन । श्रम दिवसका दिनमा परेड, जुलुस, सेमिनार, भेला, छलफल, साँस्कृतिक कार्यक्रमहरु गरी मनाउने र आम श्रमिकको हित र सुविधाकोलागि निरन्तर आन्दोलन गर्ने कार्यक्रमहरु हुन्छन ।
उपलब्धि र चुनौतीहरु : श्रम आन्दोलनको लामो इतिहाँसले न्युनतम ज्याला निर्धारणको कानुनी व्यवस्था, कार्यस्थल सुरक्षाका नियमहरु, सामुहिक सौदाबाजी अधिकार, संगठित र हड्ताल गर्ने मजदुरहरुको अधिकारको मान्यता लगायत महत्वपुर्ण उपलब्धिहरु हाँसिल गरेको देखिन्छ । यद्यपी आय असमानता, रोजगारीको असुरक्षा, श्रमिकहरुको शोषण र कार्यस्थलमा हुने भेदभाव जस्ता चुनौतिहरु श्रम आन्दोलनका हालका मुद्धा र मागहरु हुन ।
विश्वव्यापी प्रभाव : श्रमिक दिवसको विश्वव्यापी प्रभाव रहेको छ । यो आन्दोलनले विश्वव्यापी श्रम अधिकार, सामाजिक न्यायको लागि जारी संघर्षको सम्झनाको रुपमा काम गर्दछ । यो मजदुरहरुका लागि एकजुट हुने, आफ्ना चासो व्यक्त गर्ने र आआफ्नो देश र उद्योगहरुमा सकारात्मक परिवर्तनको वकालत गर्ने अबसर पनि हो ।
समग्रमा श्रमिक दिवसले श्रमिकहरुको योगदानलाई सम्मान गर्ने, श्रम अधिकारका मुद्धाहरुको बारेमा चेतना जगाउने र श्रम आन्दोलन भित्र एकता र सक्रियता बढाउने दिनको रुपमा ऐतिहासिक महत्व राख्दछ ।