अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

नेपालीले धानेको भारतको बजार

सागर सुबेदी, बैशाख १८
भारतको रुपइडिहा बजार पूर्ण रुपमा नेपालीमा निर्भर रहेको बजार हो । नेपाल भारत सिमा अन्तर्गत नेपालगन्ज बर्डर पारी रहेको रुपइडिहा बजारमा करिब ९५ प्रतिशत नेपाली ग्राहकले कारोबार धानेका छन ।

भारतको उत्तर प्रदेश अन्तर्गत बहराइच जिल्लामा पर्ने रुपइडिहा बजारलाइ भारतमा रुपैदिहा भन्ने गर्दछन । भुमिका हिसाबले मात्र भारतिय भुमिमा पर्ने रुपइडिहा बजारमा नेपालीले कारोबार बन्द गर्ने हो भने बजार नै बन्द हुने निश्चित छ । नेपाल भारत सिमानामा पर्ने यो बजारमा नेपालीहरु सामान नेपालको भन्दा सस्तो मुल्यमा पाउने भन्दै कारोबार गर्न जाने गर्दछन । बाँके जिल्ला साथै छिमेकि जिल्लाहरु बर्दिया र दाङबाट भारत तर्फ सामान खरिद गर्न मानिसहरु रुपइडिहा पुग्ने गर्दछन ।
बाँके जिल्लामा रहेको नेपालगन्ज बजारमा पाइने त्यही सामानको मुल्य दश पन्ध्र मिनेट पारी रहेको रुपइडिहा बजारमा धेरै सस्तो मूल्यमा पाइन्छ । भारतमा पर्ने यो बजार नेपालीसँग यति निर्भर रहेको छ कि त्यहाँ भारु भन्दा धेरै नेपाली पैसाको नै कारोबार हुने गर्दछ । प्रत्येक सामानको नेपाली मूल्य , प्रत्येक भारतीय व्यापारी नेपाली बोल्नु, नेपाली नोट सजिलै चल्नु जस्ता क्रियाकलापले भारतिय बजार रुपइडिहा नेपालीहरुमा नै पूर्ण रुपमा निर्भर छ भन्ने कुराको स्पष्ट हुन्छ ।

हामीले त्यँहाका व्यापारी हरुलाइ यहाँ कसले धेरै कारोकार गर्छ ? भनेर सोध्दा पनि उनिहरु नेपाली नै आउने गरको बताउँछन । भारतका मानिसहरुलाई त्यँहा आउन उल्टो बाटो पर्ने बताउँदै नेपालीले बजार धानिदिएको व्यापारीहरु बताउँछन । नेपाल भारत सिमा नाकामा पनि दुई देशका नागरिकलाइ खुल्ला सिमा आवातजावातको व्यवस्था छ । सिमा नाकामा नागरिकहरुले आफ्नो देशको सरकारले जारी गरेको परिचय पत्र देखाएर सजिलै आवातजावात गर्न सक्छन भने तेस्रो देशका नागरिकलाइ भने शुल्क लाग्ने हुन्छ ।

भारत सरकारले नेपालगंज­ गौंडा रेल वे ट्«याक निर्माण गरि रुपइडिहामा नेपालगंज स्टेशन नामको रेल स्टेशन पनि बनाएको छ जुन केहि बर्ष यता बन्द अवस्थामा रहेको छ । अहिले नेपालीले नेपालगंज नाकाबाट भारतका विभिन्न सहरसम्म पुग्न बस सेवाको प्रयोग गर्न सक्छन । यूपीएसआरटीसीले रुपैडीहा बाट नई दिल्ली, लखनऊ को लागी बस सेवा सन्चालनमा लिएको छ । शिमला, हरिद्वार, देहरादून हुँदै चंडीगढ़ जस्तो हिल स्टेशन को लागि पनि बस सेवा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *