बैशाख १६ , दाङ ।
पारिवारिक निजी वन संघ दाङ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जसको अध्यक्षमा धन बहादुर केसी निर्वाचित भएका छन । आज भएको अधिवेशनबाट १४ जना कार्य समिती गठन भएको हो । जसको उपाध्यक्षमा राधिका न्यौपाने निर्वाचित हुनुभएको छ । सचीवमा रुप बहादुर खत्री, सहसचिवमा देवी पोख्रेल, कोषाध्यक्षमा बसन्ता सापकोटा निर्वाचित हुनु भएको छ । संघका सदस्यहरुमा कमल पोख्रेल , मंगल वि.क , धनसिंह पुन , मीन बहादुर के.सी , दीपक के.सी , अन्जु रेग्मी , प्रेणा परियार , भगवती पुन , पबित्रा लामिछाने , बाल कुमारी भण्डारी निर्वाचित भएका छन । निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।