अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

जिल्लामै पहिलोपटक चलचित्र पत्रकारिता कार्यशाला

१४ वैशाख, दाङ

दाङको तुल्सीपुरमा जिल्लामै पहिलोपटक चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना, चलचित्र विकास बोर्डको सहकार्य र तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा ज्ञानज्योति फाउन्डेसन र डिलाइट ग्रुप को सहयोगमा जिल्लामै पहिलोपटक चलचित्र पत्रकारिता कार्यशाला तुल्सीपुर स्थित होटल वेस्टर्न प्यालेसमा सम्पन्न भएको हो।

कार्यशालामा सहभागी प्रशिक्षार्थी हरूलाई स्क्रिप्ट लेखन, चलचित्र पत्रकारिता कसरी गर्ने, फिल्म समीक्षा, सिनेमा संवाद सम्बन्धी अन्तरक्रिया कार्यक्रम लगायतका क्रियाकलापहरू गरिएको थियो। हिजो वैशाख १३ गतेदेखि सञ्चालित कार्यशाला वैशाख १३ र १४ गते दुई दिन सम्म सन्चालन भै सम्पन्न भएको हो। कार्यशालाको समापन समारोहका प्रमुख अतिथि समेत रहेका चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले फिल्म व्यापार फस्टाउन मिडियाले सपोर्ट गर्ने हुँदा पत्रकारहरुलाई कलम चलाउन आग्रह गर्नुभएको हो । फिल्म व्यापार बढाउन हलहरूको सङ्ख्या वृद्धि गर्नुपर्ने, फिल्मको स्तर वृद्धि गर्नुपर्ने, दर्शकको सर्वेक्षण गर्न सरकारले समन्वय गर्नुपर्ने कुरामा प्रमुख अतिथिले जोड दिनुभएको थियो। चलचित्र पत्रकार संघसँग समन्वय गरी हल व्यवसायीहरुले पनि सुझाव तथा अन्तरक्रिया कार्यक्रम राखेमा फिल्म व्यापार फस्टाउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।

सहभागी प्रशिक्षार्थीहरूबाट प्रतिनिधित्व गर्दै वसन्त पौडेलले फिल्म हल स्तरीकरण हुन नसक्दा फिल्म हल बन्द हुने अवस्था आएको बताउनुभएको थियो।

चलचित्र पत्रकार संघ नेपालका लुम्बिनी प्रदेश संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष/चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकी सचिव निरला अर्यालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *