बैशाख, १०, दाङ
मन्दिर परिसरकाे मुर्ति र घण्टी चाेरी गर्ने तीन जना महिला पक्राउ परेका छन।
दाङको पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका -१९ छिल्लीकाेटमा रहेको कालिका–मालिका मन्दिरबाट आइतबार दिउँसो मूर्ती र घण्टी माताको भेषमा गएर मुर्ती चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आईतबार दिउसो करिब ३ बजेतिर माता भेषमा प्रवेश गरि मन्दिर परिसरमा रहेका ५ थान घण्टी र ३ थान मुर्ती चोरी गर्ने तुलसीपुर उपमहानगरपालिका -१७ बनकट्टी बस्ने तिला वली, साेहि ठाउँकि सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले बताए।
पक्राउ परेपछि आफुहरु माता रहेको र भगवानले घण्टी माग गरेपछि मूर्ती र घण्टी ल्याएको बयान दिएका छन। अहिले उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ भने सार्वजनिक सम्पति चोरी विरुद्ध मुद्दा चलाउने तयारी भएको डिएसपी मल्लले बताए।