रुप्स्या मान्ठ रुप्स्यै थात छन् हाम्मा कर्णालीमा
यत्ति जान्या दैवाका हात छन् हाम्मा कर्णालीमा
तल्लो पेट दुख्याको हुनो बिग्रि_ महिनावारी
डाक्टर गाया छाति जाँच्छन् हाम्मा कर्णालीमा
कोदो फापर लाउनै छोड्या बाँझै रइगो पाटो
ह्याइ बाट गायाक भात छन् हाम्मा कर्णालीमा
जिउँदै मान्ठ लाश भइगिन बस्दा छन् यहिँ ठौर
हिँउद मास नाङ्गा बाँच्छन् हाम्मा कर्णालीमा
जयन्ता खत्री “सुधा”
जाजरकोट