अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नववर्षारम्भ जानकारी !

पण्डित बालमुकुन्द देवकोटा , काठमाडौ । 
मिति २०८१ साल वैशाख १ गते शनिबार पिङ्गल नाम संवत्सरको समाप्तिसँगै कालयुक्त नाम संवत्सर आरम्भ,सूर्यनारायण उत्तरायण,बसन्तऋतु ,चैत्रशुक्लपक्ष पंचमी तिथी साँझ ४ / २७ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ ,मृगशीरा नक्षत्र ,शोभन योग,कौलव करण यो दिन राती ११ / ३९ बजेदेखि सूर्य भगवान मीनराशि बाट मेषराशिमा प्रवेश गर्नुहुने,चैत बितेर बैशाख लाग्ने छ।यो महिनाको देवता मधुसूदन , देवी मोहिनी र भानु: नामको सूर्य रहनु हुनु हुनेछ भने मेष राशिमा सूर्य:,मिथुन राशिमा चन्द्रमा र मेष राशिमा वृहस्पति गुरू: रहनु भएको हुनाले यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो ।यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो ।यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ ।यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ ।विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् ।राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।
ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको मानेको छ भने ज्योतिषमा चान्द्रमासको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ यता भारतका प्रतापी राजा विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वतमा सौरमासका आधारमा वैशाख महिनाबाट वर्ष सुरुहुन्छ।वैशाखको संक्रान्तिलाई नववर्ष प्रारम्भ भएको मानी नववर्ष विशेष पर्व हुनाले सम्पूर्ण सृष्टिका प्राणीहरुमा गास ,बास ,कपास सहजरुपमा प्राप्त होस् , भोक ,रोग ,शोक,अशिक्षा ,बेरोजगारी ,तनाव ,संकट ,बलात्कार,हत्या ,हिंसा ,आतङ्क कसैले पनि खेप्न नपरोस् ,सवै प्राणीहरुले कर्ममा निष्ठा भएर विचारमा दृढता आइ मन निर्मलता भै बुद्धिमा कुशाग्रताले छाएर संकारमा पवित्रताहुँदै हेर्ने दृष्टिमा समानता ,वाणीमा सत्यता ,व्यवहारमा सरलता ,प्रेममा निश्छलता ,आहारमा शुद्धता ,सत्कर्म ,सदाचार ,अनुशासन ,समझदार ,इमान्दार र जिम्मेवार भएर सवै प्राणीहरुको हित गर्नसकौं नववर्ष २०८१ सालको उपलक्ष्यमा भगवानले सृष्टि गर्नुभएको सम्पुर्ण जिवात्माहरुमा सुख ,शान्ति,समृद्धी,गाँस,बाँस,कपास प्राप्तहोस । दु:ख,भोक,रोग,शोक ,अशान्ति ,दरिद्रता छुटेर जाओस।सवै वसुधैव कुटुम्वकम भन्ने महान कार्यमा लागेर आफ्नो धर्म,संस्कृती ,रितिरिवाज ,चाडपर्व र देशको माया,ममतागरि रक्षा गर्नसकौं साथै नेपाल राष्ट्रलाई छिट्टै वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्न सकौं भनी भगवान श्रीलक्ष्मीनारायण समक्ष प्रार्थना गर्दछु।साथै सवैको जय होस,कल्याण होस,मंगल होस भन्ने कामनाको साथ शुभकामना व्यक्त गर्दछु।
मासफल- शनिबार संक्रान्ति परेको हुनाले अशुभ फलदायीका कारण उत्पादित वस्तुहरूको नोक्सानी वढ्ने छ।विभिन्न रोगका कारण जनताहरू दुःखी र पश्चिमी क्षेत्रमा अशान्ति वढ्ने छ।राजनितीमा उतारचढावको स्थिति देखा पर्ने छ।गर्मीको कारणले जनजिवन कष्टदायी पशुमा रोग वढ्नुको साथै अॅाधिहुरी सहित वर्षा हुनाले क्षति हुने र अग्निभय हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *